२०८२ जेठ ३१ शुक्रबार

राशिफल

यतीको विमान दुर्घटना : आयोगको म्याद ४५ दिन थपियो

काठमाडौं : सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन् ।

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यानको मृत्यु भएको थियो ।