२०८२ जेठ ३१ शुक्रबार

राशिफल

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा

काठमाण्डौ  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुग्नुभएको छ ।

खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको हो । उहाँले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिनुभएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ ।

नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ ।

आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।