२०८२ असार ४ बुधबार

राशिफल

उपराष्ट्रपति चुनाव मतगणना जारी

काठमाडौं  : उपराष्ट्रपति चुनाव मतगणना जारी रहेको छ । संसद भवनको शंकर हलमा अहिले साढे ३ बजेपछि मतगाण्ना चलिरहेको हो ।

प्रदेश र संघीय संसदको फरक फरक स्थानमा मतगणना हुँदैछ । शुक्रबार बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजे सकिएको थियो । उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् ।

संघीय संसदका ३३१ जना सांसदमध्ये २० जना सांसदले मतदान गरेनन् । यस्तै सातवटै प्रदेशका ५५० सांसदमध्ये ३२ जना सांसदले मतदान गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले घोषित रुपमै चुनावमा भाग नलिँदा ठूलो संख्यामा मत नखसेको हो ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।