काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आज हुँदैछ ।
मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।
हरेक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन ।
विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटोरढिलो हुनसक्ने त्रिविले जनाएको छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा भने इलेक्ट्रोनिक्स भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ ।
तपाइँको प्रतिक्रीया