काठमाडौं : पश्चिम नवलपरासीको सुनवलस्थित महाकवी देवकोटा क्याम्पसका विद्यार्थीहरुले स्ववियु निर्वाचनको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरुपमा प्रदर्शन गर्दै क्याम्पस प्रमुखको पुत्ला समेत जलाए । स्ववियु निर्वाचन गराउन माग गरे पनि क्याम्पस प्रशासनले नमानेको विद्यार्थीहरुको आरोप रहेको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विनम भण्डारीले स्ववियु निर्वाचन नगराएर क्याम्पस प्रमुखले राजनीति गरेको आरोप लगाए । उनले निर्वाचन नगराउने क्याम्पस प्रमुखले राजीनामासमेत दिनुपर्ने बताए ।
तपाइँको प्रतिक्रीया