काठमाण्डौ : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने भएको हो ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । चुनावमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रीया