काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा एमाले संसदीय दलको बैठक केहीबेरमा सुरु हुनेछ ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।
यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।
तपाइँको प्रतिक्रीया