काठमाण्डौ : सुनको भाउ आज भने तोलामा ७ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया