काठमाण्डौ : लामो समयपछि शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयो ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ ।
तपाइँको प्रतिक्रीया