काठमाडौं : बागमती प्रदेशसभाको बैठक भोली बस्ने भएको छ ।
हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि १० गते भोली बस्ने गरी स्थगित गरिएको थियो।
प्रदेशसभाको बैठक चैत १० गते भोली दिउँसो १ बजे बस्ने बागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिनुभयो ।
हिजो मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी यसबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने बताएको थियो
तपाइँको प्रतिक्रीया