२०८२ जेठ २२ बुधबार

राशिफल

ओली आज गृह जिल्ला झापा जानुहुने

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जानुहुने भएको छ।

ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए।