२०८२ जेठ २५ शनिवार

राशिफल

लुम्बिनी सरकारको समर्थन फिर्ता लिने माओवादीको तयारी

काठमाडौं  :  नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसका लागि आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

सोही बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी केन्द्रको तयारी छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आजको बैठकमा छलफल हुने बताए ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने आजको संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय हुने बताए ।

गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी अहिले सरकारमा छन् ।