२०८२ जेठ २० सोमबार

राशिफल

माई खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं  :  माई खोला हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रकम स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज अन्तिम दिन रहेको छ।

कार्यालय समयभित्र मात्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २५ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । हाइड्रोपावरले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात ३ लाख ९२ हजार १५७ कित्ता सेयर इलाम जिल्लाका स्थानीयहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५२ हजार ९४१ कित्ता सेयर बिक्री खुला गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।