काठमाडौं : बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
अघिल्लो पटक गत बुधबारको दिन बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो ।
बुधबारकै दिन काठमाडौंमा बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् ।
तपाइँको प्रतिक्रीया