२०८२ असार ३ मङ्गलबार

राशिफल

रानीपोखरी सबैका लागि बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने

काठमाण्डौ  :  ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ ।

पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निस्शुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु आफ्नो हुन् भनेर अनुभूति गराउनका लागि रानीपोखरी खुला गरिएको उहाँको भनाइ छ ।

कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । पोखरीको सरसफाइको काम महानगरपालिकाले गर्नेछ ।

२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ । २०७२ सालको माघ २ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुनः निर्माणका लागि शिलान्यास गर्नु भएको थियो ।