२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ललितपुर मेयर्स कप महिला क्रिकेटमा मधेश प्रदेश ६५ रनमा अलआउट

काठमाण्डौ   :  ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश ६५ रनमा अलआउट भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा ६५ रन मात्र बनाउँदै अलआउट भयो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५र१५ रन बनाए पनि अरुले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २र२ विकेट लिए । यस्तै, कविता जोशी र ईश्वरी विष्टले एक एक विकेट लिए । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो सवा १ बजे त्रिवि मैदानमा नै हुनेछ ।