काठमाडौं :: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो।
संक्रमित बढेसँगै ६६ जना सक्रिय संक्रमित पनि बढेको पाइएको छ।
तपाइँको प्रतिक्रीया