२०८२ असार ३ मङ्गलबार

राशिफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो

काठमाडौं  :  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ ।

भोलि मंगलबार बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार ११ बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

सरकारमा जाने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।