काठमाण्डौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डौको मनमैजु नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई घुस रकम तथा स्रोत नखेलेको गरी झण्डै २७ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।
नगद तथा स्रोत नखुलेको चेकको रकमसहित २७ लाख २९ हजार ८ सय ८८ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उपरकोटी र कार्कीलाई पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रीया