२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मन्त्रालयको भागबन्डा मिलाउन गठबन्धनको बैठक आज पनि बस्दै

????????????? ????? ??????????? ?????? ?????????????? ???????? ??????? ?????? ???? ???? ????? ?? ???? ?????? ?????? ????????????? ??? ????? (??????? ???????) ???????? ????? ‘???????’ , ?????? ??????????? ?????? ????????? ?????????? ? ?????? : ????????? ???? / ????

काठमाडौं    :  मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

हिजोको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादी र जसपाले तीनरतीन र लोसपाले दुई मन्त्रालयमा दाबी नछाडेपछि सहमति नजुटेको स्रोतले बतायो ।