काठमाण्डौ : न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु भएको छ । आजदेखि काठमाण्डौमा देशभरका पालिकाका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो । डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ । पालिकाको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपता आउने, चुस्तता, न्याय सेवामा निष्पक्षता हुने विश्वास समेत गरिएको छ ।
कार्यक्रमको दोस्रो दिन भोलि विवाद निरुपण काठमाण्डौ घोषणापत्र जारी हुनेछ । सम्मेलनमा ४ वटा मुख्य कार्यपत्रमा प्रस्तुति हुनेछ ।
तपाइँको प्रतिक्रीया