काठमाडौं : नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले तीनवटा मन्त्रालयमा पार्टीको अडान रहेको भन्दै मन्त्रालयको निश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो । बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालयको अडानका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको र प्रधानमन्त्रीको जवाफ पर्खिएको बताउनुभयो ।
उहाले प्रधानमन्त्रीको जवाफ आउने बितिकै पार्टीका तर्फबाट नाम पठाउने जानकारी दिनुभयो । उहाले तीन मन्त्रालय नदिएसम्म सरकारमा सहभागी हुनेको नाम नखुलाउने र सरकारमा पनि नजाने स्पष्ट पार्नुभयो ।
खतिवडाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख निर्वाचनमा पार्टीले धेरै त्याग गरेको र आफुहरुलाई पनि सरकारमा सम्मानजनक हैसियतमा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो ।
तपाइँको प्रतिक्रीया