काठमाडौं : नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुदैँछ ।
पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् ।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।
बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिका तर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।
तपाइँको प्रतिक्रीया