काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बिहीबार चितवन प्रस्थान गर्न लागेका छन् । सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।
चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।
दिउँसो १ बजे काठमाडौँ आउने रहेको सचिवालयले बताए ।
तपाइँको प्रतिक्रीया