२०८२ असार ३ मङ्गलबार

राशिफल

गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं   :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ ।

मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनवाट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाईएको छ । यद्धपी, प्रधानमन्त्री दाहालले भागबन्डा अनुसारको मन्त्रीहरुको नाम दिनका लागि अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि आज चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

चितवनवाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुंगाइनेछ । प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरुको सपथ खुवाउने तयारीमा हुनुहुन्छ ।