२०८२ असार ३ मङ्गलबार

राशिफल

तनहुँ-१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

काठमाडौं  :  तनहुँ-१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ- १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।