२०८२ जेठ २२ बुधबार

राशिफल

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं    :  भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ८ बजेर ५४ मिनेटमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं। ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो ।

जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।