काठमाण्डौ : हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ८ हजार २ सय रुपैयाँ थियो ।
हप्ताको पहिलो दिन पनि सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको ५ गते एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया