काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
मख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेरनदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् । कर्णालीमा नेपाली कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने अर्थमन्त्री समेत रहेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले बताए ।
प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । आफूले सरकारको नेतृत्व पाउनुपर्ने दावी कांग्रेसले गर्दै आएको छ । कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान नौ बजेदेखि जारी छ । बैठकले शर्मा नेतृत्वको सरकारलाई विश्वासको मत दिनेरनदिने भन्ने विषयमा कांग्रेस संसदीय दललाई निर्देशन दिने बताइएको छ ।
तपाइँको प्रतिक्रीया