२०८२ असार ३ मङ्गलबार

राशिफल

एसईईको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ

काठमाडौं : एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।

आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।