२०८२ जेठ २२ बुधबार

राशिफल

असन्तुष्ट नेविसंघको एक समूहले थाल्यो कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन

काठमाडौं   :   नेविसंघको एक समूह नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेको छ ।

नेविसंघ सभापति दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूहले शनिबारदेखि रिले अनसन सुरू गरेको हो ।

शनिबार पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए भने आइतबार (दोस्रो दिन) अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली)अनशनमा बसेका छन् ।

सभापति शेर्पाको म्याद सकिएकोले सो कार्यसमिति खारेज गर्नुपर्ने, नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ ।