काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।
सोमवार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ।
च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ ।
पाँचौँ चरणसम्म जितविहीन पुलिस पहिलो ३ अङ्क जोड्ने योजनामा रहेको छ । पुलिस १ अङ्क जोडेर पुछारमा रहेको छ ।
तपाइँको प्रतिक्रीया