२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा फौजदारी अदालतमा आत्मसमर्पण

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहटनमा रहेको फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको छ । ट्रम्पमाथि सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई ठूलो रकम दिएको आरोप छ । उहाँविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोग लगाइएको बीबीसीले जनाएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ । तर आफूमाथि लगाइएका विभिन्न आरोपको उहाँले खण्डन गरी दोषी नरहेको दाबी गर्नुभएको छ । आत्मसमर्पण गरेका उहाँलाई हतकडी भने लगाइएको थिएन ।

ट्रम्पलाई गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मीलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइट हाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको मतपरिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप छ ।