काठमाण्डौ : पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज बुधवार भियतनामसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ ।
फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।
तपाइँको प्रतिक्रीया