काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दै छ ।
आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको थियो ।
तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछाने विरुद्ध ४ वटा उजुरी परेका छन् ।
तपाइँको प्रतिक्रीया