काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताउनुभएको हो । थापाले अहिलेको सरकारलाई हिडेर अघि बढ्ने समयको सुविधा नरहेको बताउनुभयो ।
उहाले गएको १०–१५ बर्ष खेर फालेको भन्दै अव कांग्रेस समेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गर्नुभयो । पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महशुस जनतालाई हुने उहाको भनाइ छ । उहाले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताउनुभयो ।
थापाले प्रधानमन्त्री र मन्त्रीहरुले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने धारणा राख्नुभयो ।
तपाइँको प्रतिक्रीया