काठमाडौं : मिटरब्याजीबाट पीडित भएको काठमाडौं आएकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।
मिटर व्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले बुधबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने। जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राखेका छन् । विरोधका क्रममा उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सरकारले आयोगमार्फत मिटरब्याजको समस्यालाई समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेपनि उनीहरुले भने आफ्ना माग पुरा नभएसम्म नफर्किने अडान राखेका छन् ।
तपाइँको प्रतिक्रीया