२०८२ जेठ २२ बुधबार

राशिफल

ललितपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ  :  ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ ।

धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको हो ।

मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका, निलो टिसर्ट र खैरो ज्याकेट लगाएका मृतकको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

मृतकको शव पाटन अस्पतालमा राखिएको छ ।