२०८२ असार २ सोमबार

राशिफल

ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदै

काठमाण्डौ  :  ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ ।

दिउँसो ४ बजेपछि मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखेको पुजारी विनोद बज्राचार्यले बताउनु भयो । बज्राचार्यका अनुसार महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत सम्भार गरेर रंगरोगन गरिनेछ ।

यसपालि रातो मच्छिन्द्रनाथलाई २०८० बैशाख ८ गते रथारोहण गरेर ११ गतेदेखि रथयात्रा शुरु हुनेछ । रातो मच्छिन्द्रनाथको महास्नानसँगै आज बेलुकी रथ बनाउनको लागि साइत पूजा हुँदैछ । महास्नान गरेपछि बेलुकी साइत पुजा गरिने बाराही नाइके दिल कुमार बाराहीले बनाउनु भयो । आज साइत पुजा गरेर भोलिबाट पुल्चोकमा रथ बनाउन शुरु हुने बाराहीले बताउनु भयो ।

यस्तै, दोलखाको मच्छिन्द्रनाथको मूर्तिलाई आज रथारोहण गरिँदैछ