२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जापानी हेलीकोप्टर समुद्रमा दुर्घटना

जापानमा १० जना यात्रुसहित बेपत्ता भएको सेनाको हेलिकप्टर ओकिनावा प्रान्तको समुन्द्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

खोजी तथा उद्धार कार्यका क्रममा हेलिकप्टरका पार्टपुर्जा हुन सक्ने केही वस्तु तैरिरहेको अवस्थामा भेटिएको जापानी अधिकारीको भनाई छ ।

‘ब्ल्याक हक’ भनेर चिनिने ‘यु.एच– सिक्स्टी’ हेलिकप्टर बिहीबार मियाको टापु नजिकै सम्पर्कबिहिन भएको थियो ।

जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको उक्त हेलिकप्टरले समुद्रमाथि सर्वेक्षण गरिरहेको अवस्थामा सम्पर्कबिहिन भएको हो ।