काठमाडौं, चैत्र २४ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रीत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रीत हुनुपर्ने बताउनुभएको हो । उहाले सरकारको साझा न्युनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताउनुभयो ।
साझा न्युनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रीत हुनुपर्ने उहाले बताउनुभयो । थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टीम बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले प्रधानमन्त्रीको कामकारवाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गर्नुभयो ।
थापाले जनतालाई प्रत्यक्ष अनुभव हुनेगरि काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रीया