काठमाडौं : नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।
उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने बारे नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया