२०८२ असार २ सोमबार

राशिफल

सर्पले डस्दा दाङमा बालकको ज्यान गयो

काठमाडौं  :  सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनको औँलामा डोमनी प्रजातिको सर्पले डसेको थियो ।

सर्पले डसेपछि गम्भीर बिरामी भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।