२०८२ असार २ सोमबार

राशिफल

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

काठमाण्डौ  :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा अहिलेसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताउनुभएको छ ।

शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरुमा सबैभन्दा कमजोर बनेको बताउनु भयो ।

उहाँले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।

उहाँले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।