काठमाण्डौ : ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएको छ ।
उहाँले ८ सय ४१ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीलाई ६ सय ७२ मत ल्याउनुभयो ।
नेविसङ्घका इकाई उपाध्यक्षसमेत रहनुभएका विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । गएराति भएको मतगणनामा स्ववियु सचिवमा अविनास भण्डारी र कोषाध्यक्ष तिलक कुमाल विजयी हुनुभएको छ ।
पाटन क्याम्पसमा नेविसङ्घको आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको चुनाव हिजो भएको थियो ।
तपाइँको प्रतिक्रीया