२०८२ असार २ सोमबार

राशिफल

मिटरब्याज पीडित र सरकारबीचको वार्ता विना निष्कर्ष टुंग्यिो

काठमाडौं : मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।

आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई ६ बुँदे मागपत्र बुझाएको छ । त्यस्तै दुई टोलीबीच परिचय भएपछि आइतबारको वार्ता सकिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।

उनका अनुसार मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ ।

सरकासँग वार्ता गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा १९ सदस्यीय टोली बनाएको छ ।