काठमाडौं : आज बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ ।
कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।
बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेस स्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रीया