२०८२ असार २ सोमबार

राशिफल

मेयर बालेन्द्रलाई गृहमन्त्री श्रेष्ठको प्रश्न सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ ?

काठमाण्डौ  :   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाण्डौ महानगरपालिकाका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नु भएको छ ।

बिहान चितवनमा पत्रकारसँग कुराकानीका क्रममा उहाँले काठमाण्डौ मेयरले बालेन्द्र शाहले फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नु भएको हो ।

श्रेष्ठले यस विषयमा धेरै टीकाटिप्पणी नगर्ने पनि बताउनु भएको छ । यस्तै, उहाँले सङ्घीय सरकारले स्थानीय सरकारसँग समन्वयसमेत गरिरहेको दाबी गर्नुभयो । तर, लहडका भरमा औचित्य पुष्टि नहुने खालका काममा भने सङ्घीय सरकारले सहयोग गर्न नसक्ने उहाँको भनाइ छ ।