काठमाडौं : कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो । सोमबार नै समर्थन फिर्ता लिने तयारी गरिएको एमालेका एक सांसदले रातोपाटीलाई जानकारी दिए ।
१० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि विश्वासको मत दिएको एमालेले समर्थन फिर्ता लिन लागेको हो ।
चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले एमाले सरकारबाट अलग भएको हो ।
तपाइँको प्रतिक्रीया