२०८२ असार २ सोमबार

राशिफल

आफ्ना सांसदको घुस प्रकरणले संसद्को गरिमामा चोट पुगेको भन्दै रास्वपाले माफी माग्यो

काठमाण्डौ  :  राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषयमा संसदमा माफी मागेको छ ।

आफ्नो पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरणले संसद्कै गरिमामा र प्रतिष्ठामा आँच पुगेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज सोमवारको संसद् बैठकमा माफी माग्नुभएको हो । प्रमुख सचेतक परियारले यो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको र छानबिन भइरहेको पनि बताउनुभयो ।

आफूलाई मन्त्री बन्ने अफर आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो आइतवार बाहिरिएको थियो ।